राज्य बलियो बनोस् तर, नियम–कानुनको सीमामा : सपना मल्ल प्रधान

काठमाडौं : सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले राज्य नियम र कानुनको सीमामा बलियो हुनुपर्ने बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ‘प्रकाश काफ्लेको ३४ औं स्मृति दिवश’ तथा ‘३२ औं प्रकाश मानवअधिकार पुरस्कार’ वितरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश प्रधानले लोकतन्त्रलाई शक्तिशाली व्यक्तिले कति सुविधा पाउँछ भन्ने भन्दा पनि एक निरीह नागरिकले कसरी संरक्षण पाउँछ भन्ने कुराले निर्धारण गर्ने बताइन् ।पछिल्लो समय तराई–
काठमाडौं : सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले राज्य नियम र कानुनको सीमामा बलियो हुनुपर्ने बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ‘प्रकाश काफ्लेको ३४ औं स्मृति दिवश’ तथा ‘३२ औं प्रकाश मानवअधिकार पुरस्कार’ वितरण समारोहलाई सम्बोधन गर्दै वरिष्ठतम न्यायाधीश प्रधानले लोकतन्त्रलाई शक्तिशाली व्यक्तिले कति सुविधा पाउँछ भन्ने भन्दा पनि एक निरीह नागरिकले कसरी संरक्षण पाउँछ भन्ने कुराले निर्धारण गर्ने बताइन् । पछिल्लो समय तराई–मधेसका केहि जिल्लामा देखिएका घटनाहरुप्रति संकेत गर्दै वरिष्ठतम न्यायाधीश प्रधानले हिंसालाई भड्काउने नभई शान्तिको बाटोमा हिंड्न पर्ने बताइन् । उनले पछिल्लो समय विकसित प्रविधिहरुले मानिसको जनजीवनमा सहजता थप्नेसँगै भ्रम र अफवाहरुको चुनौति समेत थपेको बताउँदै उनले भनिन्, ‘प्रविधि अगाडि बढोस्, तर मान्छे पछाडि नपरोस् ।’ नेपालमा सुन्दर संविधान र सक्षम कानुन रहेको बताउँदै वरिष्ठतम न्यायाधीश प्रधानले राज्यले नागरिकका असहमतिहरुलाई दवाएर समस्याको समाधान ननिस्किने बताइन् । लोकतन्त्र नागरिकका लागि खुल्ला क्षेत्र हुनुपर्ने बताउँदै उनले नागरिकामाथि राज्यले लगाउने प्रतिबन्धहरु पूर्व निर्धारित हुनुपर्ने बताएकी छन् । राज्यका सबै अंगको काम नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्ने बताउँदै उनले मानवअधिकारको सवाल र विषय अहिले अचानक आविष्कार भएको नभई धेरै योगदान र लगानीबाट प्राप्त भएको बताइन् । इन्सेकले मानवअधिकारको बत्ति निभ्न नदिए पनि पछिल्ला वर्षहरु धिपधिपे जस्तो बनिरहेको टिप्पणी गर्दै वरिष्ठतम न्यायाधीश प्रधानले हिजोको लोकतन्त्र र आजको अवस्थामा धेरै फरकहरु देखिएको बताइन् । उनले देशका युवामा व्याप्त असन्तोषहरुलाई राज्य र सरकारले सुझाव र अगाडि बढ्ने अवसरका रुपमा लिनुपर्ने समेत बताइन् । कार्यक्रममा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले देशमा पछिल्ला केहि वर्षयता भएका घटनाहरुले संविधान लछारपछारमा परेको टिप्पणी गरेका छन् । उनले अहिले देशमा राजा नभए पनि लोकतन्त्रमाथिको खतरा अझै रहि नै रहेको बताएका छन् । उनले पछिल्लो समय तराई–मधेसका केहि जिल्लामा भएका अप्रिय घटना भदौं २३–२४ को घटनाकै सानो पुनरावृति भएको समेत टिप्पणी गरेका छन् । उनले राज्य सरकार पनि संविधान र कानुन मिच्ने कुरामा अगाडि देखिएको बताउँदै वरिष्ठ अधिवक्ता अधिकारीले राज्यको नेतृत्व गरेका प्रधानमन्त्री बालेन्द्र शाहबाट सरकार र संसदप्रति जवाफदेही बन्नु पर्ने बताएका छन् । त्यस्तै कार्यक्रममा इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले धर्मले कसैलाई घृणा र आलोचना नगर्ने बताउँदै देशमा देखिएका पछिल्ला घटनामा धर्ममा राजनीति घुसाएर स्वार्थसिद्ध गर्ने प्रवृति देखिएको बताए । उनले पछिल्लो समय धर्मका नाममा राजनीति गरेर मिलेर बसेको समुदाय–समुदायलाई भिडाउने खालका प्रवृतिहरु देखिएको बताउँदै उनले सहि सूचना सम्प्रेषण नहुँदा हिजो त केहि भएन भन्ने भाष्य जब्बरजस्त सिर्जना भइरहेको बताए । उनले इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्ले अहिले नभए पनि उनको मानवअधिकारको आन्दोलन जारी रहेको बताएका छन् । कार्यक्रममा कमलामाई नगरपालिका–९ सिन्धुली घर भएका पत्रकार रुद्रबहादुर खड्कालाई ‘३२ औ प्रकाश मानवअधिकार पुरस्कार–२०८२ प्रदान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले खड्कालाई ५१ ह्जार रुपैंयाँ नगदसहितको पुरस्कार प्रदान गरेकी हुन् । पत्रकारिताको माध्यमबाट नागरिकको मानवअधिकार संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै खड्कालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
This is a summary. Read the full article at the original source.
Read full article at annapurnapost
