बगैंचामा लटरम्म पाकिस्तानी कागती

एलगाउँ /बाँके : दीपक शाही हरेक बिहान पाकिस्तानी कागती रोपेको बारीमा पुग्छन् र गोडमेल गर्छन्। त्यसपछि उनको ध्यान फलतर्फ जान्छ। फल कस्ता छन् ? कतै रोग त लागेको छैन ? बोट स्वस्थ छन् कि छैनन् ? यही चिन्ता र चासोमै उनी निकै बेर घोत्लिने गर्छन्। बाँके खजुरा–२ एलगाउँ गुराँसपुरस्थित बगैंचाको बीचमा उभिएका किसान दीपक शाही भन्छन्, ‘पाकिस्तानी कागतीका बोटलाई रोग र सुक्खापनबाट जोगाउनु नै मेरो पहिलो प्राथमिकता हो। किनकि बोट स्वस्थ भएमात्रै राम्रो उत्पादन लिन सकिन्छ।’&nbs
एलगाउँ /बाँके : दीपक शाही हरेक बिहान पाकिस्तानी कागती रोपेको बारीमा पुग्छन् र गोडमेल गर्छन्। त्यसपछि उनको ध्यान फलतर्फ जान्छ। फल कस्ता छन् ? कतै रोग त लागेको छैन ? बोट स्वस्थ छन् कि छैनन् ? यही चिन्ता र चासोमै उनी निकै बेर घोत्लिने गर्छन्। बाँके खजुरा–२ एलगाउँ गुराँसपुरस्थित बगैंचाको बीचमा उभिएका किसान दीपक शाही भन्छन्, ‘पाकिस्तानी कागतीका बोटलाई रोग र सुक्खापनबाट जोगाउनु नै मेरो पहिलो प्राथमिकता हो। किनकि बोट स्वस्थ भएमात्रै राम्रो उत्पादन लिन सकिन्छ।’ उनी अहिले सानो परिमाणबाटै भए पनि पाकिस्तानी कागतीको व्यावसायिक खेतीमा लागेका छन्। बजारमा यसको माग बढ्दै गएको अनुभव सुनाउँछन्। भन्छन्, ‘पाकिस्तानी कागती भन्नेबित्तिकै धेरै उपभोक्ताको रोजाइमा पर्छ। त्यसैले यसको बजार पनि राम्रो देखेको छु। यही विश्वासले यसलाई व्यावसायिक रूपमा विस्तार गर्ने प्रयास गरिरहेको छु।’ उनले पाँच वर्ष भयो पाकिस्तानी कुम्कड प्रजातिसँगै सुनकागती खेती गर्न थालेको। यो मौसममा बारीमा बोटहरूले धान्नै नसक्ने गरी ‘पाकिस्तानी कुम्कड’ कागती फलेका छन्। नेपाली किसानले लगाएको यो प्रजातिको स्वाद पनि मीठो छ। कागती बारीमा घाँस काट्न आएकी प्रमिला खत्रीले भनिन्, ‘बोक्रासँगै खान मिल्ने भएकाले धेरै पाकिस्तानीबाहेक अर्को नामनै लिन्नन्।’दीपकले डेढ बिघामा कागती खेती गरेका छन्। त्यो बारीमा ७० बोट पाकिस्तानी कुम्कड छन्। बाँकी आठ सय सुनकागती छन्। तर माग र नाम पाकिस्तानीकै धेरै छ। ‘पाँचतारे होटलमा धेरै खपत हुन्छ। ठूला होटलमा पाहुनाको स्वागत गर्दा टकिलासँगै पाकिस्तानी कुम्कड कागती दिइन्छ,’ शाहीले सुनाए। नेपाल र भारतका विभिन्न क्षेत्रहरूमा व्यावसायिक र गृह बगैंचाका लागि यो कागती निकै लोकप्रिय मानिन्छ। यो उच्च उत्पादकत्व भएकाले कागतीको जात हो। यसलाई कतै ‘पाकिस्तानी पत्ती कागती’ त कतै सदाबहार फल्ने जातका रूपमा पनि चिनिन्छ। - पाकिस्तानी कागतीको बोक्रा पनि खान मिल्छ। यसको बोक्रा गुलियो र भित्री भाग अमिलो हुन्छ। - रुख सानो र सदाबहार हुने भएकाले घरको बगैंचामा पनि सजिलै लगाउन सकिन्छ। यो कागतीको बोक्रा अन्य रैथाने जातको तुलनामा निकै पातलो र चिल्लो हुन्छ। यस कागतीमा रसको मात्रा अत्यधिक हुन्छ। फलहरू लटरम्म फल्छन्। यो वर्षमा एक पटकमात्र नभई अनुकूल मौसम र सिँचाइ पाएमा वर्षैभरि फल र फूल दिइरहने प्रकृतिको हुन्छ।एउटै परिपक्व बोटबाट वर्षमा सयौंदेखि हजारको संख्यामा कागती उत्पादन लिन सकिन्छ। यसको बोट धेरै ठूलो झाडी नबन्ने र मध्यम खालको हुने भएकाले भुइँमा मात्र नभई घरको कौसी, कौसीको गमला वा बाल्कोनीमा समेत सजिलै खेती गर्न सकिन्छ। यो तराई, भित्री मधेस र न्यानो पहाडी क्षेत्रको हावापानीमा निकै राम्रोसँग फस्टाउँछ। यसलाई पानी नजम्ने, राम्रो निकास भएको दोमट वा बलौटे माटो र दैनिक ६–८ घण्टा घाम आवश्यक पर्छ। यो विशेष प्रजातिको कागतीको हो। सर्वप्रथम पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तका न्यानो क्षेत्रहरूमा भएको थियो। त्यहाँको हावापानीमा अत्यधिक फल्ने र गुणस्तरीय हुने भएकाले यसलाई ‘पाकिस्तानी जात’ भन्न थालियो। नेपाल र भारतका नर्सरी व्यवसायीहरूले सुरुवाती चरणमा पाकिस्तानका विभिन्न कृषि अनुसन्धान केन्द्र तथा व्यावसायिक फार्महरूबाट यसको मातृ बोट वा कलमी हाँगा आयात गरेर स्थानीय रूपमा विस्तार गरेका हुन्। यसरी आयातित स्रोतको आधारमा नै यसको नाम ‘पाकिस्तानी पत्ती कागती’ वा ‘पाकिस्तानी कुम्कड’ रहेको बताइन्छ। तर यसको मूल प्रजातिको प्राचीन इतिहास भने दक्षिण एसिया नेपाल, भारत र पाकिस्तानको हिमाली तथा मैदानी क्षेत्र नै यसको उद्गमस्थल मानिन्छ। रैथाने कागतीमा लाग्ने ‘सिट्रस क्यांकर’जस्ता रोगहरू सहन सक्ने र वर्षैभरि झुप्पामा फल्ने भएकाले, पछिल्लो समय नेपालका तराई तथा भित्री मधेसका कृषकले यसको व्यावसायिक खेतीलाई निकै महत्वका साथ अपनाएका छन्। तर कुम्कडको उत्पत्ति दक्षिण चीनमा भएको १२ औं शताब्दीका चिनियाँ अभिलेखहरूमा पाइन्छ। त्यसपछि यो जापान, भारत र अन्य एसियाली देशहरूमा फैलिएको हो।
This is a summary. Read the full article at the original source.
Read full article at annapurnapost
