Crime·

हवाई फायर गरी खुकुरीसहित दुईजना पक्राउ

हवाई फायर गरी खुकुरीसहित दुईजना पक्राउ

काठमाडौं : रुकुम पश्चिम,आठविसकोट नगरपालिका –०४ छोटेबगरमा करिब तीन किलो अफिमसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा एकजनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो।प्रहरी टोलीले आठविसकोट नगरपालिका -०३ स्यालाखदी बस्ने २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका –०२ स्याला बस्ने २० वर्षीय गणेश वलीलाई सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकी चेकजाँच गर्न खोजेको थियो । चेकजाँचका क्रममा टिकाराम बोहराले बोकेको झोलाबा

काठमाडौं : रुकुम पश्चिम,आठविसकोट नगरपालिका –०४ छोटेबगरमा करिब तीन किलो अफिमसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा एकजनाले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो। प्रहरी टोलीले आठविसकोट नगरपालिका -०३ स्यालाखदी बस्ने २८ वर्षीय टिकाराम बोहरा र आठविसकोट नगरपालिका –०२ स्याला बस्ने २० वर्षीय गणेश वलीलाई सडकछेउमा शंकास्पद अवस्थामा हिँडिरहेको बेला रोकी चेकजाँच गर्न खोजेको थियो । चेकजाँचका क्रममा टिकाराम बोहराले बोकेको झोलाबाट गणेश वलीले अचानक खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरी सहायक निरीक्षक निरज बहादुर पालले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणपछि गरिएको शरीर तथा झोला खानतलासीका क्रममा करिब तीन किलोग्राम अफिम र दुई थान खुकुरी बरामद गरिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।

This is a summary. Read the full article at the original source.

Read full article at annapurnapost