Top·

नामकरणको समाजशास्त्रीय आयाम

नामकरणको समाजशास्त्रीय आयाम

मानव समाजमा नामकरणलाई अक्सर एउटा प्राकृतिक, धार्मिक वा सांस्कृतिक प्रक्रियाका रूपमा मात्र लिइन्छ। हिन्दु संस्कारमा ‘न्वारन’को दिन पुरोहितद्वारा नवजात शिशुको नामकरण गरिनु वा विभिन्न संस्कृतिमा आआफ्नै विधिले नाम राख्नुलाई सामान्य चिनारीको सुरुवात मानिन्छ। तर, समाजशास्त्रीय र भाषावैज्ञानिक कोणबाट हेर्दा नामकरण केवल एउटा तटस्थ संज्ञा वा अक्षरहरूको प्राविधिक मेलमात्र होइन, यो त सामाजिक संरचना, सांस्कृतिक राजनीति र सत्ता सम्बन्धको एउटा अदृश्य तर अत्यन्त शक्तिशाली सत्ता र दमनको विशिष्ट सांस

कर्णाली र सुदूरपश्चिमका ग्रामीण भेगहरूमा कथित माथिल्लो जातका सरकारी कर्मचारी, जमिन्दार वा पुरोहितहरूले दलितहरूलाई जनावर, शारीरिक अक्षमता वा घृणास्पद संज्ञाहरूसँग जोडेर नामकरण गरिदिएका अनेकौं ऐतिहासिक प्रमाणहरू छन्। मानव समाजमा नामकरणलाई अक्सर एउटा प्राकृतिक, धार्मिक वा सांस्कृतिक प्रक्रियाका रूपमा मात्र लिइन्छ। हिन्दु संस्कारमा ‘न्वारन’को दिन पुरोहितद्वारा नवजात शिशुको नामकरण गरिनु वा विभिन्न संस्कृतिमा आआफ्नै विधिले नाम राख्नुलाई सामान्य चिनारीको सुरुवात मानिन्छ। तर, समाजशास्त्रीय र भाषावैज्ञानिक कोणबाट हेर्दा नामकरण केवल एउटा तटस्थ संज्ञा वा अक्षरहरूको प्राविधिक मेलमात्र होइन, यो त सामाजिक संरचना, सांस्कृतिक राजनीति र सत्ता सम्बन्धको एउटा अदृश्य तर अत्यन्त शक्तिशाली सत्ता र दमनको विशिष्ट सांस्कृतिक हतियार हो। फ्रान्सेली समाजशास्त्री पियर बोर्दियोद्वारा प्रतिपादित ‘सिम्बोलिक भायोलेन्स’को सिद्धान्तले भौतिक बल वा हतियार प्रयोग नगरीकनै कसरी समाजमा असमानता, वर्चस्व र उत्पीडनलाई स्थापित र वैधानिक बनाइन्छ भन्ने कुराको सूक्ष्म विश्लेषण गर्न मदत गर्दछ। नेपालको परम्परागत जातीय श्रेणीकरण र नामकरणको राजनीतिलाई बोर्दियोको यसै सिद्धान्तको कसीमा राखेर हेर्दा यसका अदृश्य र क्रूर पाटाहरू प्रस्ट हुन्छन्। फ्रान्सेली समाजशास्त्री पियर बोर्दियोद्वारा प्रतिपादित ‘सिम्बोलिक भायोलेन्स’को सिद्धान्तले भौतिक बल वा हतियार प्रयोग नगरीकनै कसरी समाजमा असमानता, वर्चस्व र उत्पीडनलाई स्थापित र वैधानिक बनाइन्छ भन्ने कुराको सूक्ष्म विश्लेषण गर्न मद्दत गर्दछ। बोर्दियोका अनुसार, प्रतीकात्मक हिंसा त्यस्तो अदृश्य र नरम खालको हिंसा हो, जुन पीडक र पीडित दुवैको ‘मौन सहमति’ वा ‘स्वीकार्यता’ मा आधारित हुन्छ। यसको मुख्य विशेषता भनेको उत्पीडित वर्गले आफूमाथि भइरहेको उत्पीडनलाई ‘प्राकृतिक’, ‘सामान्य’ वा ‘शाश्वत’ मानेर स्वीकार गर्दछ। यस सिद्धान्तका तीनवटा मुख्य खम्बाहरू छन् : - ह्याबिटस : समाजले हाम्रो दिमागमा बाल्यकालदेखि हालिदिएको सोच्ने र व्यवहार गर्ने अचेतन ढाँचा हुन्छ। - फिल्ड : सामाजिक क्षेत्र वा संरचना (जस्तै : विद्यालय, कर्मचारीतन्त्र, भाषा), जहाँ शक्तिको लडाइँ हुन्छ। - सिम्बोलिक क्यापिटल : प्रतिष्ठा, इज्जत वा साख, जसलाई समाजले पुँजीका रूपमा मान्यता दिन्छ। नेपालको परम्परागत जातीय श्रेणीकरण र नामकरणको राजनीतिलाई बोर्दियोको यसै सिद्धान्त र हावर्ड बेकर (१९६३) को ‘लेबलिङ थ्योरी’ (नेमिङ थ्योरी)को कसीमा राखेर हेर्दा यसका अदृश्य र क्रूर पाटाहरू प्रस्ट हुन्छन्। बेकरका अनुसार समाजमा ‘विचलन’ आफैंमा कुनै निरपेक्ष तथ्य होइन, बरु यो शक्तिशाली वर्गद्वारा कमजोरमाथि थोपरिने ‘लेबल’को परिणाम हो। फ्रान्सेली दार्शनिक मिसेल फुकोले ज्ञान र शक्तिको अन्तरसम्बन्धलाई उजागर गर्दै ‘सत्य’ र ‘न्याय’लाई सत्ताको निर्माण सावित गरेजस्तै, नामकरणको प्रक्रिया पनि समाजमा शक्ति र वर्चस्वको परिभाषा गर्ने प्राथमिक औजार हो। नेपालको जातीय श्रेणीकरण र ‘सिम्बोलिक भायोलेन्स’ : नेपालको परम्परागत वर्णा श्रम र जातव्यवस्था केवल श्रम विभाजन वा विवाहको दायरामा मात्र सीमित थिएन, यो भाषा र नामकरणको संरचनाभित्र गहिरो गरी संस्थागत गरिएको थियो। नेपालमा जात व्यवस्थालाई बचाइराख्न सधैं भौतिक बल (लाठी वा बन्दुक) प्रयोग गरिरहनु परेन; यसलाई टिकाउन भाषा, धार्मिक भाष्य, र दैनिक व्यवहारमार्फत गरिने ‘प्रतीकात्मक हिंसा’ नै सबैभन्दा ठूलो हतियार बन्यो। जसको कारण आजपर्यन्त जात व्यवस्था जब्बर बनेर टिकिरहेको छ। ऐतिहासिक रूपमा स्थापित जात व्यवस्थाले नेपाली समाजमा नाम सुन्नासाथ व्यक्तिको सामाजिक हैसियत र वर्गीकरणको अड्कल काट्ने भाष्य निर्माण गरेको छ। केही नाम र थरहरूले समाजमा विशिष्ट, पवित्र, ज्ञान, वैभव र प्रतिष्ठाको स्वत : स्फूर्त सामाजिक साख (सिम्बोलिक क्यापिटल) सिर्जना गर्दछन्, जसका कारण राज्यका निकायदेखि सार्वजनिक वृत्तसम्म सम्मान र स्वीकार्यताको ढोका सहजै खुल्दछ। राज्यद्वारा अनुमोदित अपमान ‘नागरिकतामा कोरिएका घाउहरू’ : नेपालमा नेमिङ थ्योरीको सबैभन्दा क्रूर र अमानवीय अभ्यास दलित समुदायमाथिको नियोजित र अपमानजनक नामकरण नागरिकतामा देखिएको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिमका ग्रामीण भेगहरूमा कथित माथिल्लो जातका सरकारी कर्मचारी, जमिन्दार वा पुरोहितहरूले दलितहरूलाई जनावर, शारीरिक अक्षमता वा घृणास्पद संज्ञाहरूसँग जोडेर नामकरण गरिदिएका अनेकौं ऐतिहासिक प्रमाणहरू छन्। सरकारी दस्तावेज, नागरिकता, जग्गाधनी प्रमाणपूर्जा र विद्यालयका दर्ता किताबहरूमा अंकित केही प्रतिनिधि अपमानजनक नामहरू यस्ता छन्। जस्तै : जनावर सूचक नामहरू : कुकुर कामी, कुकुर्नी कमिनी, फ्याउरो बादी, कुत्ता बादी आदि। शारीरिक वा मानसिक अवस्था सूचक : लाटी कमिनी, सिँगाने कामी, नौपुठे कामी, लाटो सार्की, लुखुरी सर्किनी, चाउरे दमाई आदि। ‘कुकुर कामी’ वा ‘लाटी कमिनी’जस्ता प्रशासनिक पानामा कोरिएका यी नामहरू केवल कुनै कर्मचारीको व्यक्तिगत सनक, त्रुटि वा मजाकका क्षणिक उपज होइनन्। यो त राज्यको आधिकारिक छाप र प्रशासकको हस्ताक्षरसहित वैधानिकीकरण गरिएको संस्थागत सामाजिक अपमान हो। जब राज्यको लालपुर्जा वा नागरिकतामा रातो छाप लगाएर यस्ता नामहरू लिपिबद्ध गरिन्छन्, तब त्यो अपमान बोलीचालीमा मात्र सीमित रहँदैन। यो जातव्यवस्थाले दलितको मानवीय गरिमा र आत्मसम्मानको चीरहरण गर्न प्रयोग गरेको प्रतीकात्मक जीवित र सधैैं चहर्याइरहने घाउ बन्न पुग्दछ। अपमानजनक नामकरणको बहुआयामिक असर : संरचनागत नाम–पक्षपात र भाषिक हिंसाको असर बहुआयामिक र पुस्तान्तरण हुने प्रकृतिको छ : शासक/कर्मचारीको हातमा शक्ति हुन्छ र जुन प्रतीकात्मक हिंसाको रूपमा यसरी अपमानजनक नामकरण (कुकुर कामी, लाटी कमिनी) राखेर कानुनी वैधानिकीकरण र प्रशासनिक छाप बन्दै दलितको आत्मसम्मानको स्वेच्छिक÷बाध्यकारी आत्मसमर्पण गर्ने स्थितिमा पुग्दछ। मनोवैज्ञानिक र पिँढीगत मानसिक चोट : बाल्यकालदेखि नै अपमानजनक नाम बोकेर हुर्किंदा बालबालिकाहरू विद्यालयमा अपमानित हुने, सामाजिक जमघटमा बोल्न डराउने र तीव्र हीनताबोधको सिकार हुने गर्छन्। यो आघात व्यक्तिमा मात्र सीमित रहँदैन; बाबुको अपमानजनक नागरिकताको नाम छोराछोरीको कागजातमा समेत अनिवार्य उल्लेख गर्नुपर्ने कानुनी बाध्यताले यो विभेदलाई पुस्तान्तरण (विभेदको पुनरुत्पादन) गरिरहन्छ। अवसर र न्यायमा अवरोध : कतिपय दलित नागरिकहरूले आफ्नो र आमाबाबुको नागरिकतामा भएको अपमानजनक नामकै कारण थप अपमान सहनुपर्ने डरले सरकारी सेवा लिन, राहदानी बनाउन वा उच्च शिक्षामा सहभागी हुनबाटै आफैंलाई वञ्चित गर्ने गरेका छन्। आजको आधुनिक समाजमा समेत रोजगारी, कोठा बहाल र सार्वजनिक अवसरहरूमा यसले अदृश्य तर बलियो प्रणालीगत अवरोध खडा गरिरहेको छ। सांस्कृतिक र भाषिक न्यायको हत्या : पहिचानको पहिलो आधार नै व्यक्तिलाई के भनेर बोलाइन्छ भन्ने कुरामा निर्भर गर्दछ। जब राज्यले नै कसैको नामलाई अपमानको पर्यायवाची बनाइदिन्छ, तब त्यहाँ समानताको संविधान, ऐन, नियम केवल कागजमा मात्र सीमित हुन पुग्छ। नामको पुन : परिभाषा र ‘प्रतीकात्मक वर्ग–संघर्ष’ : नेमिङ थ्योरीले यो पनि स्पष्ट पार्छ कि नामलाई अर्थ दिने शक्ति सधैं शासक वा उत्पीडक वर्गमा मात्र सुरक्षित रहँदैन। उत्पीडित समुदायले पनि आफ्नो आत्मसम्मान पुन : प्राप्त गर्न नामलाई नै प्रतिरोधको हतियार बनाउन सक्छन्। बोर्दियोका अनुसार प्रतीकात्मक हिंसालाई परास्त गर्न ‘प्रतीकात्मक संघर्ष’ आवश्यक हुन्छ, जहाँ उत्पीडित वर्गले शासक वर्गको भाषा र वर्गीकरणको प्रणालीलाई चुनौती दिन्छ। नाम र थरको ‘प्रतीकात्मक संघर्ष’ले एउटा कल्चर निर्माण गर्छ र त्यसले समाजको विद्यमान जातीय समाजशास्त्र र नामको समाजशास्त्रको अवरोधलाई छिचोल्न सहयोग गर्दछ। अपमानित संज्ञाहरूलाई विस्थापित गर्दै साहित्य र कलामार्फत गर्विला नामहरू स्थापित गर्नु शासक वर्गको भाषिक एकाधिकारमाथि धक्का दिनु हो। निष्कर्षमा : नेपालको सन्दर्भमा ‘सिम्बोलिक भायोलेन्स’को सबैभन्दा घातक रूप यो हो कि यसले दलित समुदायलाई भौतिक रूपमामात्र होइन, मानसिक र भाषिक रूपमा समेत कैदमा राख्ने काम गर्यो। ‘कुकुर कामी’ वा ‘लाटी कमिनी’जस्ता नामहरू केवल प्रशासनिक त्रुटि होइनन्, यी त जात व्यवस्थाले दलितको आत्मसम्मानको चीरहरण गर्न प्रयोग गरेको अदृश्य हतियारका जीवित घाउहरू हुन्। यो संरचनालाई भत्काउन भौतिक अधिकारको लडाइँसँगै भाषा, चिनारी र नामकरणको क्षेत्रमा पनि उत्तिकै बलियो सांस्कृतिक विद्रोहको आवश्यकता छ। जबसम्म नागरिकको नाम र थर फेर्न पाउने अधिकार पूर्ण रूपमा सुनिश्चित गरिँदैन, तबसम्म वास्तविक लोकतन्त्र र सामाजिक न्याय केवल एउटा सुन्दर नारामा मात्र सीमित रहनेछ। नाम केवल बोलाउने ध्वनि होइन, यो त मानिसको सामाजिक पासपोर्ट हो र यसको सम्मान नै वास्तविक सामाजिक समानताको पहिलो प्रस्थान यात्रा हो।

This is a summary. Read the full article at the original source.

Read full article at annapurnapost