जोर्डनस्थित अमेरिकी सैन्य अखडामा इरानको आक्रमणपछि ट्रम्पले दिए यस्तो चेतावनी
काठमाडौं: जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी इरानले ब्यालिस्टिक मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सबक सिकाउने चेतावनी दिएका छन्।ट्रम्पले इरानमाथि अत्यन्तै सशक्त प्रहार गरिने र यसको गम्भीर परिणाम उनीहरूले भोग्नुपर्ने बताएका छन्। 'हामी उनीहरूलाई कडा सबक सिकाउनेछौँ। इरानमाथि अत्यन्तै सशक्त प्रहार हुनेछ, जसको ठूलो मूल्य उनीहरूले चुकाउनुपर्नेछ,' ट्रम्पले भने।ट्रम्पका अनुसार जोर्डनमा तैनाथ अमेरिकी सैनिकहरूसँग इरानद्वारा प्रहार गरिएका मिसाइलहर
काठमाडौं: जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी इरानले ब्यालिस्टिक मिसाइल आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सबक सिकाउने चेतावनी दिएका छन्। ट्रम्पले इरानमाथि अत्यन्तै सशक्त प्रहार गरिने र यसको गम्भीर परिणाम उनीहरूले भोग्नुपर्ने बताएका छन्। 'हामी उनीहरूलाई कडा सबक सिकाउनेछौँ। इरानमाथि अत्यन्तै सशक्त प्रहार हुनेछ, जसको ठूलो मूल्य उनीहरूले चुकाउनुपर्नेछ,' ट्रम्पले भने। ट्रम्पका अनुसार जोर्डनमा तैनाथ अमेरिकी सैनिकहरूसँग इरानद्वारा प्रहार गरिएका मिसाइलहरू निष्क्रिय पार्न केवल केही मिनेटको समय थियो। सैन्यकर्मीहरूले मिसाइल प्रतिरोधी कारबाहीका क्रममा 'रियल टाइम'मा कसरी समन्वय गरिरहेका थिए भन्ने दृश्य आफूले भिडियोमार्फत हेरेको पनि उनले बताए। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार इरानले प्रहार गरेका सबै मिसाइलहरूलाई सफलतापूर्वक हावामै निष्प्रभावी पारिएको छ। घटनाबाट हालसम्म कुनै पनि मानवीय वा भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन। यसैबीच, जोर्डनको सेनाले पनि आफ्नो आकाशमा प्रवेश गरेका इरानका ५ वटा मिसाइललाई बीचमै रोकेर नष्ट गरिदिएको पुष्टि गरेको छ। इरानको 'इस्लामिक रिभोल्युसनरी गार्ड्स कर्प्स' (आईआरजीसी)ले भने जोर्डनस्थित 'मुवाफ्फक अल-सल्ती' एयर बेस र अमेरिकी सेनाको सेन्ट्रल कमाण्डको मुख्यालयलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गरिएको दाबी गरेको छ। आईआरजीसीले इरानी सरकारी समाचार एजेन्सी'इर्ना' मार्फत यस आक्रमणको जिम्मेवारी लिएको हो। मिसाइल आक्रमणपछि मध्यपूर्वमा तनाव थप चुलीएकाे छ।
This is a summary. Read the full article at the original source.
Read full article at annapurnapost
