पूर्वमुख्यमन्त्री कँडेलले राज्य सुविधा र सुरक्षा नलिने

वीरेन्द्रनगर : कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले पूर्वमुख्यमन्त्रीका रूपमा राज्यबाट उपलब्ध हुने कुनै पनि सुविधा र सुरक्षा नलिने घोषणा गरेका छन्। करिब २७ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन्। कँडेलले लोकतान्त्रिक शासन व्यवस्थामा पद र जिम्मेवारी परिवर्तन स्वाभाविक र निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा, लोकतान्त्रिक मूल्य र सार्वजनिक उत्तरदायित्व कुनै पदसँग मात्र सीमित नहुने बताए। पद परिवर्तन भए प
वीरेन्द्रनगर : कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री यामलाल कँडेलले पूर्वमुख्यमन्त्रीका रूपमा राज्यबाट उपलब्ध हुने कुनै पनि सुविधा र सुरक्षा नलिने घोषणा गरेका छन्। करिब २७ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन्। कँडेलले लोकतान्त्रिक शासन व्यवस्थामा पद र जिम्मेवारी परिवर्तन स्वाभाविक र निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै जनताको सेवा, लोकतान्त्रिक मूल्य र सार्वजनिक उत्तरदायित्व कुनै पदसँग मात्र सीमित नहुने बताए। पद परिवर्तन भए पनि सार्वजनिक सेवाप्रतिको आफ्नो प्रतिबद्धता यथावत् रहने उनको भनाइ छ। मुख्यमन्त्रीका रूपमा आफ्नो कार्यकालमा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण कर्णालीवासी, पार्टी नेतृत्व, प्रदेशसभा सदस्य, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, नागरिक समाज तथा विकासका साझेदारहरूप्रति उनले धन्यबाद दिए ।उनले रचनात्मक सुझाव, आलोचना र खबरदारी गर्ने प्रतिपक्ष दललगायत सबैप्रति सम्मान प्रकट गरे। आफ्नो कार्यकालको समीक्षा गर्दै कँडेलले सुरुदेखि नै सुशासन, पारदर्शिता, वित्तीय अनुशासन र विकासको संस्थागत आधार निर्माणलाई प्राथमिकतामा राखेर इमान्दार प्रयास गरेको बताए । प्रदेश संरचनाको सीमित अधिकार र गठबन्धन सरकारका चुनौतीबीच गरिएका कामको निष्पक्ष मूल्याङ्कन गर्ने जिम्मेवारी कर्णालीवासी जनतामै रहेको उनको भनाइ छ। उनले सार्वजनिक जीवनमा कुनै पनि यात्रा पूर्ण नहुने उल्लेख गर्दै उपलब्धिहरू सामूहिक प्रयासको परिणाम हुने र अपूर्णताहरू भविष्यका लागि सिकाइ बन्ने बताए। विगतलाई आत्मसन्तुष्टिको विषय नभई अनुभवको सम्पत्ति र भविष्यप्रतिको उत्तरदायित्वका रूपमा लिनुपर्ने उनको भनाइ छ। कँडेलले जिम्मेवारीको स्वरूप परिवर्तन भए पनि जनप्रतिनिधिको दायित्व समाप्त नहुने उल्लेख गर्दै आफू सार्वजनिक जीवनको जुनसुकै भूमिकामा रहे पनि कर्णालीको हित, लोकतान्त्रिक मूल्य-मान्यता र समृद्ध प्रदेश निर्माणका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।
This is a summary. Read the full article at the original source.
Read full article at annapurnapost
