मुगुले पहिलोपटक मुख्यमन्त्री पाएपछि दीप प्रज्वलन

मुगु : मुगुबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य मंगलबहादुर शाही कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भई शपथ लिएपछि गृहजिल्ला मुगुमा खुसीयाली मनाइएको छ। मुगुले पहिलोपटक कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै जिल्लामा सक्रिय विभिन्न राजनीतिक दलसम्बद्ध युवाहरूले दीप प्रज्वलन गरेका छन्।मुगुका विभिन्न राजनीतिक दलमा आबद्ध युवाहरूको सहभागितामा आयोजित दीप प्रज्वलन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले नेकपा लगायतका दलसम्बद्ध युवाहरू स
मुगु : मुगुबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य मंगलबहादुर शाही कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भई शपथ लिएपछि गृहजिल्ला मुगुमा खुसीयाली मनाइएको छ। मुगुले पहिलोपटक कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएको भन्दै जिल्लामा सक्रिय विभिन्न राजनीतिक दलसम्बद्ध युवाहरूले दीप प्रज्वलन गरेका छन्। मुगुका विभिन्न राजनीतिक दलमा आबद्ध युवाहरूको सहभागितामा आयोजित दीप प्रज्वलन कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले नेकपा लगायतका दलसम्बद्ध युवाहरू सहभागी भएका थिए। कार्यक्रममा सहभागी युवाहरूले मंगलबहादुर शाही कुनै एउटा राजनीतिक दलको मात्र नेता नभई सिंगो मुगु जिल्लाको प्रतिनिधि र कर्णाली प्रदेशको मुख्यमन्त्री बनेको भन्दै खुसी व्यक्त गरे। मुगु जिल्लाले कर्णाली प्रदेशको कार्यकारी नेतृत्वमा पहिलोपटक प्रतिनिधित्व पाएको ऐतिहासिक अवसर भएकाले राजनीतिक आस्था र दलगत सीमाभन्दा माथि उठेर दीप प्रज्वलन गरिएको उनीहरूको भनाइ थियो। युवाहरूले मुख्यमन्त्री शाहीको नेतृत्वमा मुगुजस्तो भौगोलिक रूपमा विकट र विकासका दृष्टिले पछाडि परेको जिल्लाका समस्या प्रदेश सरकारको प्राथमिकतामा पर्ने विश्वाससमेत व्यक्त गरेका छन्। उनीहरूले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, कृषि तथा रोजगारीका क्षेत्रमा मुगुले लामो समयदेखि भोग्दै आएका समस्याको समाधानका लागि प्रदेश सरकारबाट प्रभावकारी पहल हुने अपेक्षा गरेकाले दीप प्रज्वलन गरिएको बताएका छन्। मुगुको राजनीतिक इतिहासमा नयाँ अध्याय कर्णाली प्रदेश गठनपछि मुगु जिल्लाबाट प्रदेशसभा सदस्य निर्वाचित हुँदै आएका नेताहरूले विभिन्न राजनीतिक तथा सरकारी जिम्मेवारी सम्हाल्दै आए पनि प्रदेश सरकारको मुख्यमन्त्री बन्ने अवसर भने पहिलोपटक मंगलबहादुर शाहीले पाएका हुन्। मुगुजस्तो भौगोलिक रूपमा दुर्गम जिल्लाबाट प्रदेश सरकारको नेतृत्वमा पुग्नु जिल्लाको राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। जिल्लाका युवाहरूले मुख्यमन्त्री शाहीको नियुक्तिलाई व्यक्तिगत राजनीतिक सफलताभन्दा पनि मुगुको राजनीतिक प्रतिनिधित्व र पहिचानसँग जोडेर हेरेका छन्। दीप प्रज्वलनमा सहभागी युवाहरूले मुख्यमन्त्री शाहीले समग्र कर्णालीको विकाससँगै मुगुका विशिष्ट समस्या र सम्भावनालाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समेट्ने अपेक्षा गरेका छन्। विशेषगरी मुगुको पर्यटन विकास, सडक पूर्वाधार, स्वास्थ्य तथा शिक्षा सुधार, रोजगारी सिर्जना, कृषि तथा जडीबुटीको व्यावसायीकरण र सीमावर्ती क्षेत्रको विकासमा मुख्यमन्त्रीको ध्यान जाने उनीहरूको विश्वास छ। मुगुबाट पहिलोपटक कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका शाहीसामु अब समग्र कर्णालीको विकास र सुशासनको जिम्मेवारीसँगै आफ्नो गृहजिल्लाका अपेक्षा सम्बोधन गर्ने चुनौतीसमेत थपिएको छ। मुगुका युवाले दीप प्रज्वलनमार्फत उनको कार्यकाल सफलताको शुभकामना दिँदै जिल्लाको समग्र विकास र समृद्धिका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
This is a summary. Read the full article at the original source.
Read full article at annapurnapost
