Politics·

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं : सरकारले विभिन्न ९ वटा विधेयकहरू संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको लगायत विधेयक संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू१. देहायका विधेयकहरू सङ्घीय संसद् समक्

काठमाडौं : सरकारले विभिन्न ९ वटा विधेयकहरू संघीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको लगायत विधेयक संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू १. देहायका विधेयकहरू सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय - संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक । - खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक। - संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक। - राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक। - मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक। - बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक। - आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक। - मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक। - कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक। २. सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय । ३. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा टेकराज दाहाल (सिन्धुली) लाई मनोनयन गर्ने निर्णय । र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय ।

This is a summary. Read the full article at the original source.

Read full article at annapurnapost