Lifestyle·

गुरुकुल सञ्चालनका लागि सामुहिक धान रोपाइँ

गुरुकुल सञ्चालनका लागि सामुहिक धान रोपाइँ

स्याङ्जा : स्याङ्जाको पुरानो एवं प्रतिष्ठित गुरुकुलले गुरुकुल शिक्षा र संस्कार सञ्चालन एवं निरन्तरताका लागि सामुहिक धान रोपाइँ गरेको छ । चापाकोट नगरपालिका–८ मा स्थित मणिमुकुन्देश्वर गुरुकुलले ३४ रोपनी जग्गामा धान रोपाईं गरेको हो । गुठीको सो जग्गामा स्थानीय समाजसेवीको सक्रियतामा शनिवार सामूहिक धान रोपाइँ सम्पन्न गरेका हुन् । यसअघि अरुले नै रोपाईं गर्दै आएको सो जग्गामा अहिले स्थानीयबासीको श्रमदानमा सामुहिक रोपाइँ गरिएको सोही वडाअध्यक्ष टोपलाल न्यौपाने (राजु) ले जानकारी दिए । उनका अ

स्याङ्जा : स्याङ्जाको पुरानो एवं प्रतिष्ठित गुरुकुलले गुरुकुल शिक्षा र संस्कार सञ्चालन एवं निरन्तरताका लागि सामुहिक धान रोपाइँ गरेको छ । चापाकोट नगरपालिका–८ मा स्थित मणिमुकुन्देश्वर गुरुकुलले ३४ रोपनी जग्गामा धान रोपाईं गरेको हो । गुठीको सो जग्गामा स्थानीय समाजसेवीको सक्रियतामा शनिवार सामूहिक धान रोपाइँ सम्पन्न गरेका हुन् । यसअघि अरुले नै रोपाईं गर्दै आएको सो जग्गामा अहिले स्थानीयबासीको श्रमदानमा सामुहिक रोपाइँ गरिएको सोही वडाअध्यक्ष टोपलाल न्यौपाने (राजु) ले जानकारी दिए । उनका अनुसार, केही दिनअघि ११ रोपनी जग्गा र शनिवार २३ रोपनीमामा धान रोपाईं गरिएको छ । गुरुकुलमा हाल २२ बटुक आवासीय सेवासहित अध्ययनरत छन् । माध्यमिक तहसम्मको अध्ययन रहने सो गुरुकुलमा अध्ययनरत बटुकहरूको निःशुल्क खानपान तथा आवास व्यवस्थापनका लागि धानसँगै, गहुँ, मकै र तरकारी खेती गरिँदै आएको गुरुकुलका प्रअ जीवन आचार्यको भनाई छ । सामुहिक रोपाइँमा स्थानीय आमा समूह, स्थानीय समाजसेवी तथा युवा सहभागि थिए । रोपाहार, बाउसे, हलीलगायत सहभागी सबैलाई खाजाको व्यवस्थापन विजय भण्डारी र विजय परियारले गरेका थिए । स्थानीय समुदायको एकताबद्ध सहयोगमा सम्पन्न भएको यस सामुहिक रोपाइँले गुरुकुलको कृषि उत्पादन वृद्धि गर्नुका साथै बटुकहरूको निःशुल्क अध्ययन, खानपान र आवास व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

This is a summary. Read the full article at the original source.

Read full article at annapurnapost