के हो अटिजम ?

तपाईंको बच्चाले दोहोरो कुरा गर्दैन ? अन्य बालबच्चा सँग घुलमिल हुँदैन ? वा एउटै कुरा बारम्बार दोहोर्याइरहेको छ भने जँचाउनुहोस्।अटिजम भएको पनि हुनसक्छ।नेपालमा पछिल्लो समय अटिजम भएका बालबालिकाको संख्या बढ्दै गइरहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ६ लाख ४७ हजार ७ सय ४४ जना अर्थात कुल जनसंख्याको २ दशमलव २ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता देखिएको छ। जसमा अटिजम भएका पुरुष २ हजार २ सय ५८ र महिला २ हजार ६ सय २८ गरी ४ हजार ८ सय ८६ छन्।अटिजम कुनै रोग होइन।यो जन्मजात हुने एक विशेष खालको अप
तपाईंको बच्चाले दोहोरो कुरा गर्दैन ? अन्य बालबच्चा सँग घुलमिल हुँदैन ? वा एउटै कुरा बारम्बार दोहोर्याइरहेको छ भने जँचाउनुहोस्।अटिजम भएको पनि हुनसक्छ। नेपालमा पछिल्लो समय अटिजम भएका बालबालिकाको संख्या बढ्दै गइरहेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ६ लाख ४७ हजार ७ सय ४४ जना अर्थात कुल जनसंख्याको २ दशमलव २ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता देखिएको छ। जसमा अटिजम भएका पुरुष २ हजार २ सय ५८ र महिला २ हजार ६ सय २८ गरी ४ हजार ८ सय ८६ छन्। अटिजम कुनै रोग होइन।यो जन्मजात हुने एक विशेष खालको अपांगता हो।यसका लक्षणहरू जन्मिएको तीन वर्षभित्र प्रस्टरुपमा पहिचान गर्न सकिन्छ।अटिजम भइका बालबालिकाले आत्मकेन्द्रीत व्यवहार देखाउँछन्।अरुप्रति उनीहरूको वास्ता हुँदैन।आफ्नै धुनमा समय बिताउँछन्।झट्ट हेर्दा अटिजम भएका बालबालिकाहरू पनि सामान्य अवस्थाकै बालबालिका जस्ता देखिन्छन्। उमेरको विकासक्रमसँगै सामान्य व्यवहार नदेखिने, अस्वभाविक प्रतिक्रिया देखाउने, एउटै व्यवहार लगातार दोहोर्याइरहने, अरूसँगै घुलमिल नहुने वा तीव्र प्रतिक्रिया जनाउने अवस्थालाई अटिजम मानिएको छ। अटिजमले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार सीप र कल्पना शक्तिको विकासमा बाधा गर्दछ । यसै कारण उनीहरू एक्लै रहन्छन्। एउटै व्यवहार पुनरावृत्ति भइरहन्छ। अटिजम भएका व्यक्तिमा देखिएका लक्षणहरू अर्को व्यक्तिमा नमिल्न पनि सक्छ। उदाहरणको लागि अटिजम भएको कुनै व्यक्ति अति सक्रिय हुन्छ भने कोही अति निस्क्रिय पनि हुन्छ। विश्वमा १ देखि २ प्रतिशत जनसंख्यामा अटिजम भएका भएका अनुसन्धानहरूबाट देखिएको छ। अनुसन्धानअनुसार अटिजम बालक (छोरा) मा बढी देखिन्छ। करिब ५ जनामध्ये ४ जना बालक र १ जना बालिकामा देखिने गरेको छ। यसको स्पष्ट कारण भने अझै पत्ता लागेको छैन। अटिजम पूर्णरूपमा निको पार्ने कुनै निश्चित उपचार छैन।तर, समयमै पहिचान भए अवस्थामा सुधार ल्याउन सकिन्छ। यसको मुख्य उपचार विधि थेरापी (जस्तैः व्यवहारिक थेरापी, बोली थेरापी) हो।केही अवस्थामा, अत्यधिक चल्ने, उफ्रने वा असामान्य व्यवहार नियन्त्रण गर्न औषधि पनि प्रयोग गरिन्छ।
This is a summary. Read the full article at the original source.
Read full article at annapurnapost
