Top·

जलबिरे बस दुर्घटनापछि अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

जलबिरे बस दुर्घटनापछि अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा तीनवटा बस आपसमा ठोक्किएपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरले आइतबार सूचना जारी गर्दै दुर्घटनाका कारण रोकिएको सवारी आवागमन पुनः सुचारु भएको जानकारी दिएको हो। डिभिजनले सडक प्रयोग गर्ने चालकहरूलाई हतार नगरी सीमित गतिमा सवारी चलाउन, लेन अनुशासन पालना गर्न र सुरक्षित यात्राका लागि [...]

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा तीनवटा बस आपसमा ठोक्किएपछि अवरुद्ध भएको सडक पुनः सञ्चालनमा आएको छ। सडक डिभिजन कार्यालय भरतपुरले आइतबार सूचना जारी गर्दै दुर्घटनाका कारण रोकिएको सवारी आवागमन पुनः सुचारु भएको जानकारी दिएको हो। डिभिजनले सडक प्रयोग गर्ने चालकहरूलाई हतार नगरी सीमित गतिमा सवारी चलाउन, लेन अनुशासन पालना गर्न र सुरक्षित यात्राका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। सडक डिभिजन भरतपुरका अनुसार सुरक्षालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि उक्त सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो।

This is a summary. Read the full article at the original source.

Read full article at nepalnews