Top·

अविरल वर्षाका कारण दोलखाको लोगटा बस्ती जोखिममा

अविरल वर्षाका कारण दोलखाको लोगटा बस्ती जोखिममा

दोलखा। बुधवार रातिको अविरल वर्षाका कारण खारे खोलाले जमिन कटान गर्न थालेपछि दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ८ खारे स्थित लोगटा बस्ती जोखिममा परेको छ । बस्तीमा रहेको १४-१५ घर मध्य १० घर तत्काल सर्नुपर्ने अवस्था रहेको स्थानीय रवीन्द्र सुरेलले बताए । बुधवार रातीको अविरल बर्षापछि खारे खोलामा बाढी आएर जमिन कटान गर्दा स्थानीय पहल [...]

दोलखा। बुधवार रातिको अविरल वर्षाका कारण खारे खोलाले जमिन कटान गर्न थालेपछि दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ८ खारे स्थित लोगटा बस्ती जोखिममा परेको छ । बस्तीमा रहेको १४-१५ घर मध्य १० घर तत्काल सर्नुपर्ने अवस्था रहेको स्थानीय रवीन्द्र सुरेलले बताए । बुधवार रातीको अविरल बर्षापछि खारे खोलामा बाढी आएर जमिन कटान गर्दा स्थानीय पहल बहादुर तमाङ, धनबीर तमाङ र रत्न बहादुर तमाङले घर छोडेर अन्यत्र बसेको र स्थानीय बुद्धिमान तमाङ, आरत बहादुर तमाङ र दिनेश तमाङ पनि तत्काल सर्नुपर्ने अवस्थामा रहेको स्थानीय रवीन्द्र सुरेलले बताए । उनीहरु सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा सुरक्षित स्थानमा टहरा बनाएर बसेको वडा नम्बर– ८ का वडा अध्यक्ष दावा रेन्जी शेर्पाले बताए । नदी किनार भन्दा केही माथि रहेका भक्त बहादुर तमाङ, धन बहादुर तमाङ र वीर बहादुर तमाङको घर समेत जोखिममा रहेकोले पानी पर्दा अन्यत्र बस्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् । लोगटा वस्ति जोखिममा परेपछि पालिका प्रमुख विश्वास कार्की लगायतले स्थलगत अवलोकन गरेको र पालिका तथा वडाले तत्काल टहरा निर्माण लगायतका लागि सहयोग गर्ने वडा नम्बर– ८ का वडा अध्यक्ष दावा रेन्जी शेर्पाले बताए । अहिले जोखिममा रहेका स्थानीय आफन्तको घरमा बसिरहेको र केही समय पछि आवश्यक व्यवस्थापन गरेर अन्यत्र सर्ने वडा अध्यक्ष शेर्पाले बताए ।

This is a summary. Read the full article at the original source.

Read full article at newsofnepal