Top·

शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता

शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा विद्यालयदेखि विश्वविद्यालयसम्म मानसिक स्वास्थ्यलाई कसरी प्रभावकारी रूपमा संस्थागत गर्ने, विद्यमान चुनौतीहरूको समाधान र समुदायस्तरमा जनचेतना विस्तार गर्ने विषयमा विस्तृत विचारविमर्श भएको हो । अन्तरक्रिया कार्यक्रममा [...]

शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मानसिक स्वास्थ्यलाई शिक्षा क्षेत्रको महत्वपूर्ण विषयका रूपमा नीतिगत प्राथमिकतामा राख्दै सरोकारवालासँग विस्तृत अन्तरक्रिया गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा विद्यालयदेखि विश्वविद्यालयसम्म मानसिक स्वास्थ्यलाई कसरी प्रभावकारी रूपमा संस्थागत गर्ने, विद्यमान चुनौतीहरूको समाधान र समुदायस्तरमा जनचेतना विस्तार गर्ने विषयमा विस्तृत विचारविमर्श भएको हो । अन्तरक्रिया कार्यक्रममा प्रतिनिधिसभाका सदस्य, त्रिभुवन विश्वविद्यालयको मनोविज्ञान केन्द्रिय विभाग, मानसिक रोग विशेषज्ञ, मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञ, सामाजिक अभियान्ता, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । सहभागीहरूले नेपालमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दो अवस्थामा रहेकाले शिक्षा प्रणालीमार्फत यसको रोकथाम, पहिचान र व्यवस्थापनका लागि स्पष्ट नीति, कार्यक्रम तथा आवश्यक स्रोतसाधन सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले मानसिक समस्यालाई शारीरिक समस्याकै रुपमा महत्व दिएर सचेतना अभिवृद्धि गर्न जरुरी भएको औंल्याए । कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री पोखरेलले मानसिक स्वास्थ्य आजको समाजको गम्भीर र संवेदनशील विषय भएको उल्लेख गर्दै यससम्बन्धी विज्ञ तथा सरोकारवालाबाट प्राप्त सुझाव र अनुभवलाई मन्त्रालयले गम्भीरतापूर्वक अध्ययन गर्ने बताए । उनले मानसिक स्वास्थ्यलाई शिक्षा नीतिमा प्रभावकारी रूपमा समावेश गर्दै दीर्घकालीन समाधानका लागि आवश्यक नीतिगत सुधार अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । मन्त्री पोखरेलले विद्यार्थी, शिक्षक तथा अभिभावक सबैको मानसिक स्वास्थ्यप्रति सचेतना बढाउन आवश्यक रहेको उल्लेख गर्दै विद्यालय र विश्वविद्यालयमा मनोसामाजिक परामर्श सेवा विस्तार, मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन तथा आवश्यक सहजीकरणका उपायहरूबारे मन्त्रालय सकारात्मक रहेको जानकारी दिए । प्रतिनिधिसभाका सदस्य क्रान्तिशिखा धितालले मानसिक स्वास्थ्यलाई नीतिगत तथा संरचनागत रुपमा व्यवस्थित गर्न आवश्यक पहल गरिने विश्वास व्यक्त गरिन् । उनले मानसिक स्वास्थ्य जस्तो गम्भीर विषयलाई प्राथमिकतामा राखी मन्त्रालयले सरोकारवालासँग समयसान्दर्भिक बहस सञ्चालन गरेकोमा धन्यवादसमेत ज्ञापन गरिन् । शिक्षा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले मानसिक स्वास्थ्यलाई गम्भीरतापूर्वक लिदैँ यस क्षेत्रमा नीतिगत रुपमा के–कस्ता पहल गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालय प्रतिबद्ध रहेको बताए । छलफलका क्रममा सहभागीहरूले विद्यालय तथा उच्च शिक्षाका संस्थाहरूमा मानसिक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने, प्रशिक्षित परामर्शदाता व्यवस्थापन गर्ने, मानसिक स्वास्थ्यसम्बन्धी पाठ्यसामग्री र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा समुदायस्तरसम्म सचेतना अभियान विस्तार गर्नुपर्ने सुझाव दिएका थिए । अन्तरक्रियामा प्रतिनिधिसभा सदस्य, मानसिक स्वास्थ्य क्षेत्रका विज्ञ, सञ्चारकर्मी, विद्यार्थी तथा सम्बन्धित सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा उठेका सुझावलाई मन्त्रालयले आगामी नीति तथा कार्यक्रम निर्माणका क्रममा समेट्ने विश्वास व्यक्त गरिएको छ ।

This is a summary. Read the full article at the original source.

Read full article at nepalpress