प्रधानमन्त्री वालेन्द्र शाहसँग मधेश केन्द्रित दलसँग छलफल : घटनाका सम्बन्धमा छानबिन गर्न आग्रह

काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेतासँग शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफल गर्नुभएको...
काठमाडौँ, साउन १५ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेतासँग शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफल गर्नुभएको छ । प्रधानमन्त्री शाहले सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधान र आपसी सद्भाव कायम राख्ने विषयमा संवाद गर्न त्यस क्षेत्रका नेताहरूलाई बोलाउनुभएको थियो । प्रधानमन्त्री शाहसँगको छलफल सकारात्मक रहेको उपस्थित नेताहरूले बताउनुभएको छ । छलफलमा प्रधानमन्त्री शाहले मधेशमा शान्ति सुव्यवस्था कायम राख्न र आगामी दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्नेबारे नेताहरूको धारणा माग्नुभएको थियो । छलफलमा उपस्थित नेताले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि आफूहरुले सुझाव दिएको र उक्त समस्यामा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताउनुभयो । प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै नेताहरुले यसप्रकारको पहलले समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । छलफलपछि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री शाहले पहिलो पटक मधेश केन्द्रित राजनीतिक दलसँग छलफल गर्नु धेरै नै सकारात्मक कदम भएको र आफूहरूले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएको बताउनुभयो। यस्तै, राजेन्द्र महतोले विगतका सरकारले मधेशसँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताउनुभयो । उहाँले मधेशमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको उल्लेख गर्नुभयो । सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समाधानका लागि आग्रह गरिएको बताउनुभयो । छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।
This is a summary. Read the full article at the original source.
Read full article at gorkhapatraonline
