Politics·

उच्च अदालतमा छैन दुई वर्ष नाघेका मुद्दा

उच्च अदालतमा छैन दुई वर्ष नाघेका मुद्दा

सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको ५५.०३३ प्रतिशत मुद्दा फर्स्योट गरेका छन् । सर्वोच्चले कुल लगतको २९.४६ प्रतिशत मुद्दा फर्स...

- सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको ५५.०३३ प्रतिशत मुद्दा फर्स्योट गरेका छन् । सर्वोच्चले कुल लगतको २९.४६ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । - उच्च अदालतमा अब दुई वर्ष नाघेका मुद्दा विचाराधीन छैनन् । सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दा सङ्ख्या एक हजार २७६ थान छन् । काठमाडौँ, साउन ४ गते । अघिल्लो आर्थिक वर्षमा देशभरका अदालतले ५५ प्रतिशत मुद्दा फर्स्योट गरेका छन् । सर्वोच्च अदालत, उच्च अदालत तथा मातहतका इजलास, जिल्ला अदालत र विशिष्टीकृत अदालतले कुल लगतको ५५.०३३ प्रतिशत मुद्दा फर्स्योट गरेका हुन् । सर्वोच्चले कुल लगतको २९.४६ प्रतिशत मुद्दा फर्स्योट गरेको छ । सर्वोच्च अदालतले उपलब्ध गराएको आर्थिक वर्ष २०८२/८३ को विवरण अनुसार सर्वोच्च अदालत, उच्च अदालत तथा इजलास, जिल्ला अदालत एवं विशिष्टीकृत अदालत र न्यायाधीकरणमा जिम्मेवारी सरेकासमेत तीन लाख ५७ हजार २३ थान मुद्दा लगत कायम भएका छन् । कुल लगतमा रिटको विवरण पनि सामेल गरिएको छ । जसमध्ये एक लाख ९६ हजार ४७४ थान मुद्दा फर्स्योट भएका छन् । फर्स्योट दर कुल लगतको ५५.०३३ प्रतिशत हो । असार मसान्तसम्मको अवधिमा सर्वोच्च अदालतमा मुद्दा तथा रिटको जम्मा लगत ३८ हजार ९३६ रहेकोमा ११ हजार ४६९ थान अर्थात् २९.४६ प्रतिशत मुद्दा फर्स्योट भएका छन् । उच्च अदालत तथा इजलासमा जम्मा लगत ६० हजार ५६४ कायम रहेको ४२ हजार ६१४ थान मुद्दा फर्स्योट भएका छन् । फर्स्योट सङ्ख्या ७०.३६ प्रतिशत हो । देशभरका जिल्ला अदालतमा कुल मुद्दाको लगत दुई लाख ५१ हजार ७३४ कायम रहेकोमा एक लाख ३९ हजार ९७९ थान मुद्दा फर्स्योट भएका छन् । फस्र्योट प्रतिशत ५५.६१ रहेको छ । विशिष्टीकृत अदालत तथा न्यायाधीकरणमा जम्मा लगत पाँच हजार ७८९ कायम भएकोमा दुई हजार ४१२ थान मुद्दा फर्स्योट गरिएको छ । कुल लगतको ४१.६७ प्रतिशत मुद्दा फर्स्योट भएका हुन् । विवरण अनुसार सर्वोच्चमा अब एक वर्षदेखि डेढ वर्ष अवधिका मुद्दा दुई हजार ७९० थान रहेका छन् । यस्तै १८ महिनादेखि दुई वर्षभित्रका मुद्दा तीन हजार २७ थान छन् । चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेका अर्थात् बाँकी मुद्दा २७ हजार ४६७ थान रहेका छन् । अघिल्लो आर्थिक वर्षमा सर्वोच्चको वार्षिक लक्ष्य १९ हजार ६७९ रहेकोमा ११ हजार ४६९ थान अर्थात् ५८.२८ प्रतिशत मुद्दा फर्स्योट भएका हुन् । सर्वोच्चमा पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या एक हजार २७६ थान रहेको छ । उच्च अदालतमा एकदेखि डेढ वर्ष अवधिका मुद्दा एक हजार ६२७ बाँकी छन् । डेढ वर्षदेखि दुई वर्ष अवधिका १२४ थान बाँकी रहेका छन् । उच्च अदालत र मातहतका इजलासमा दुई वर्ष नाघेका मुद्दाको लगत असार मसान्तसम्म शून्यमा झरेको छ । उच्च अदालतले वार्षिक लक्ष्यको ९४.०८ प्रतिशत मुद्दा फर्स्योट गरेका छन् । वार्षिक लक्ष्य ४५ हजार २०४ रहेकोमा ४२ हजार ५३० थान मुद्दा एक वर्षको अवधिमा फर्स्योट गरिएको छ । जिल्ला अदालतमा भने वार्षिक लक्ष्यको करिब ८० प्रतिशत मुद्दा फर्स्योट भएको छ । जिल्लामा वार्षिक लक्ष्यको ७९.७७ प्रतिशत मुद्दा फर्स्योट हुँदा एक लाख ११ हजार ७५५ थान मुद्दा चालु वर्षका लागि जिम्मेवारी सरेका छन् । वार्षिक लक्ष्य कायम गरिएको एक लाख ७५ हजार ४७१ थानमध्ये एक लाख ३९ हजार ९७९ थान मुद्दा फर्स्योट भएको विवरणमा उल्लेख छ । विशिष्टीकृत अदालतमा वार्षिक लक्ष्यको वार्षिक लक्ष्य तीन हजार दुई थान कायम रहेकोमा दुई हजार ४१२ थान फर्स्योट भएका छन् । वार्षिक लक्ष्य अनुसारको फर्स्योट दर ८०.३५ प्रतिशत हो । विशिष्टीकृत अदालतमा तीन हजार ३७७ थान मुद्दा बाँकी छन् । कुँवर सबैभन्दा अघि उच्च अदालतमा कार्यरत न्यायाधीशमध्ये टेकनारायण कुँवरले सबैभन्दा बढी मुद्दा फर्स्योट गर्नुभएको देखिएको छ । विशेष अदालत र उच्च अदालत जनकपुरमा गरी एक वर्षको अवधिमा कुँवरले एक हजार ४२१ थान मुद्दा फर्स्योट गर्नुभएको छ । फरक मुद्दा व्यवस्थापन पद्धतिमा उपलब्ध विवरण अनुसार न्यायाधीश टीकाराम आचार्यले एक हजार २२९ थान मुद्दा फर्स्योट गर्नुभएको छ । न्यायाधीश जगतबहादुर थापाले एक हजार १६९ थान मुद्दा फर्स्योट गरेर तेस्रो स्थानमा हुनुहुन्छ । यस्तै न्यायाधीश सोमकान्त मैनालीले एक हजार ५९, नरिश्वर भण्डारीले एक हजार २०, जगदीश घिमिरेले एक हजार दुई थान मुद्दा फर्स्योट गर्नुभएको छ । मुद्दा फर्स्योटको सातौँ स्थानमा गोकर्ण डाँगी हुनुहुन्छ । डाँगीले ९८२, कृष्णप्रसाद सुवेदीले ९५३, राजुराम सिलवालले ९४० र कैलाशप्रसाद सुवेदीले ९३३ थान मुद्दा फर्स्योट गर्नुभएको छ । बढी मुद्दा फैसला गर्ने १० न्यायाधीशको विवरण सर्वोच्च अदालतले सार्वजनिक गरेको छ । जिल्लामा भण्डारी अगाडि सर्वोच्चको विवरण अनुसार जिल्ला अदालतमध्ये सबैभन्दा बढी मुद्दा फैसला कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीले गर्नुभएको छ । भण्डारीले एक हजार ११ थान मुद्दा फर्स्योट गर्नुभएको छ । यस्तै माधवप्रसाद घिमिरेले ९८४, हरिप्रसाद शर्मा उपाध्यायले ९७९, कपिलमणि गौतमले ८७९ र विष्णुप्रसाद गौतमले ८७९ थान मुद्दा फैसला गर्नुभएको छ । गौतम गोरखा जिल्ला अदालतमा कार्यरत हुनुहुन्छ । मुद्दा फर्स्योटको छैटौँ स्थानमा इलाम जिल्ला अदालतका न्यायाधीश रोशन गजुरेल हुनुहुन्छ । गजुरेलले ८२९ थान मुद्दा फर्स्योट गर्नुभएको छ । न्यायाधीश मनोज केसीले ८२७, दुर्गाबहादुर भुसालले ८२१, मनोजकुमार श्रीवास्तवले ८१८ र भुवनसिंह थापाले ८१५ थान मुद्दा फर्स्योट गर्नुभएको छ ।

This is a summary. Read the full article at the original source.

Read full article at gorkhapatraonline