सप्तरी जिल्ला अदालतमा एक सातासम्म नयाँ मुद्दा दर्ता बन्द

सुधा देवभारदह (सप्तरी), साउन १ गते । सप्तरी जिल्ला अदालतमा आज (साउन १ गते)देखि एक साताका लागि नयाँ मुद्दा दर्ता बन्द गरिएको छ। अदालतका श्रेस्तेदार श्यामहरि अधिकारीले बिहीबार सूचना...
सुधा देव भारदह (सप्तरी), साउन १ गते । सप्तरी जिल्ला अदालतमा आज (साउन १ गते)देखि एक साताका लागि नयाँ मुद्दा दर्ता बन्द गरिएको छ। अदालतका श्रेस्तेदार श्यामहरि अधिकारीले बिहीबार सूचना जारी गर्दै साउन १ देखि ८ गतेसम्म अन्तिम हदम्याद ननाघ्ने नयाँ मुद्दा दर्ता नहुने जानकारी दिनुभएको हो। सूचनाअनुसार आर्थिक वर्ष २०८३/८४ को वार्षिक प्रतिवेदन तयार गर्ने, वार्षिक कार्ययोजना निर्माण गर्ने, नयाँ दायरी सार्ने तथा अन्य व्यवस्थापकीय काम सम्पन्न गर्नुपर्ने भएकाले उक्त अवधिसम्म अन्तिम हदम्याद व्यतीत हुनेबाहेकका नयाँ मुद्दा दर्ता स्थगित गरिएको हो। अदालतले साउन ११ गते सोमबारदेखि नियमित रूपमा नयाँ मुद्दा दर्ता गरिने तथा साउन १२ गतेदेखि नियमित इजलास सञ्चालन हुने जनाएको छ।
This is a summary. Read the full article at the original source.
Read full article at gorkhapatraonline
