Top·

हिल्साका तीन सिमास्तम्भ उच्च जोखिममा

हिल्साका तीन सिमास्तम्भ उच्च जोखिममा

राजन रावतहुम्ला, साउन १ गते । नेपाल–चीन सीमा हिल्सा क्षेत्रमा स्थापना गरिएका तीन वटा सिमास्तम्भ उच्च जोखिममा परेका छन्। लामो समयदेखि मर्मत तथा पुनर्निर्माण हुन नसक्दा ती सिमास्तम्भ...

राजन रावत हुम्ला, साउन १ गते । नेपाल–चीन सीमा हिल्सा क्षेत्रमा स्थापना गरिएका तीन वटा सिमास्तम्भ उच्च जोखिममा परेका छन्। लामो समयदेखि मर्मत तथा पुनर्निर्माण हुन नसक्दा ती सिमास्तम्भ जोखिमपूर्ण अवस्थामा रहेका हुन्। सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्दबहादुर साउदका अनुसार हिल्सा क्षेत्रमा रहेका सिमास्तम्भमध्ये तीन वटा जोखिममा छन्। तीमध्ये ७ (१) नम्बरको सिमास्तम्भ नेपालतर्फ रहेको छ भने यो पहिरोको उच्च जोखिममा परेको छ। उहाँका अनुसार भीरनजिकै रहेको उक्त सिमास्तम्भ आसपास निरन्तर पहिरो जाने भएकाले बर्खामा पानी पर्दा वा हिउँ पहिरो आउँदा जुनसुकै बेला क्षति पुग्न सक्ने अवस्था छ। त्यसैगरी चीनतर्फ रहेको ७ (२) नम्बरको सिमास्तम्भ नदी किनारमा ढलेको अवस्थामा रहेको छ। बाढी वा पहिरो आएमा बगाएर लैजान सक्ने जोखिम रहेको उहाँले बताउनुभयो। चीनतर्फकै ६ (२) नम्बरको सिमास्तम्भ पनि भित्तामा ढलेको अवस्थामा रहेको छ। जोखिममा रहेका सिमास्तम्भको स्थलगत अनुगमन गरिसक्नुभएका सशस्त्र प्रहरी नायब उपरीक्षक साउदले आगामी दुई देशको सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट उक्त विषय उठाउने तयारी भइरहेको जानकारी दिनुभयो। “यी तीन वटै सिमास्तम्भको मर्मत तथा पुनर्निर्माण आवश्यक छ। यस विषयलाई सीमा सुरक्षा बैठकमा राख्ने तयारी गरेका छौँ,” उहाँले भन्नुभयो। उहाँका अनुसार दुई देशबीच हुने सीमा सुरक्षा बैठकले जोखिममा रहेका सिमास्तम्भको मर्मत तथा पुनर्निर्माणका लागि संयुक्त सिमास्तम्भ निर्माण समितिलाई सिफारिस गर्न सक्छ। समितिले स्थलगत अध्ययनपछि आवश्यक देखिएमा मर्मत तथा पुनर्निर्माणको प्रक्रिया अघि बढाउने व्यवस्था रहेको छ। यसअघि भएका सीमा सुरक्षा बैठकमा पनि यी सिमास्तम्भको अवस्थाबारे छलफल भए पनि काम अघि बढ्न नसकेको उहाँले बताउनुभयो। अब भने आवश्यक पहल गरिने उहाँको भनाइ छ। हिल्सा क्षेत्रमा अन्य ५, ६, ८, ९ र १० नम्बरका सिमास्तम्भ रहेका छन्। ती सिमास्तम्भको अवस्था भने सन्तोषजनक रहेको सशस्त्र प्रहरीले जनाएको छ।

This is a summary. Read the full article at the original source.

Read full article at gorkhapatraonline